
काठमाडौं । राजधानीको टोखा नगरपालिका बानियाँटारमा रहेको प्यारामाउण्ट माध्यमिक विद्यालयले तीज विशेष कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, समाजसेवी, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता तथा बौद्धिक जगतको सहभागिता रहेको थियो ।
कार्यक्रममा कक्षा पिजीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न गीतमा नाचगान गरेका थिए । कार्यक्रममा विद्यालयका अभिभावकहरुले समेत उत्साहकासाथ नाचगान गरेर तीज मनाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि केसीले राजधानीको उत्तरीभेगमा रहेको प्यारामाउण्ट माविले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा विद्यालय पविारलाई बधाई दिनुभयो । उहाँले पछिल्लो समय विद्यालय शिक्षा विधेयकमा विषयमा नीजि क्षेत्रले असहमति जनाएको विषयमा सरकारले नीजि क्षेत्रका मागहरुलार्य पनि सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

विद्यालयहरुलाई क्रमश ः गैरनाफामुलक बनाउँदै लैजाने विषयमा सरकारले पुर्नविचार गर्नुपर्र्ने भन्दै उहाँले संस्थागत विद्यालयको संरक्षण गर्ने काम सरकारको भएको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि केसीले भन्नुभयो, नीजि विद्यालयको संरक्षक सरकार नै हो, तर यसले संस्थागत विद्यालयहको संरक्षण र नियमन सरकारले गर्नुपर्दछ । संस्थागत विद्यालयको समस्या के हो त्यो सरकारले सम्बोधन गर्ने हो । उहाँले नीजि विद्यालयका नाममा महिनामा लाखौं तिरेर पढाउने समुदाय एकतातिर रहेको र सामुदायिक विद्यालयमा ठुलो लगानी हुँदाहुँदै पनि गुणस्तरीय शिक्षा नपाएकोहरुका अर्को समूदाय रहेको भन्दै यसले शिक्षाको विकास नहुने बताउनुभयो ।

पूर्व शिक्षा मन्त्री समेत रहनु भएका केसीले विद्यार्थीहरुलाई जस्तोससुकै कठिन परिस्थितिमा पनि आइपर्ने संघर्षकाका बीचमा नभाग्न, नथाक्न र चुनौतीदेखी नडराई परिस्थितिको सामना गर्न आग्रह गर्दै कठिन संघर्षबाट मात्रै भोलि सफलता हात लाग्ने सुझाव दिनुभयो ।

उहाँले तीज महिलाहरुका लागि पवित्र पर्व भएकाले यसलको र्मौलिक संस्कृतिको ठुलो महत्व रहेको उल्लेख गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा संविधानसभा सदस्य जगदीश्वरनरसिंह केसीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल चिकित्सक संघका पुर्व अध्यक्ष तथा कांग्रेस नेता डा. केदारनरसिंह केसी, माधव भेटवाल, शिक्षाविद् डा. पञ्चकुमारी मानन्धर,विद्यालयका शिक्षक मोहनकृष्ण श्रेष्ठ, शनतकुमार तामाड. लगायतकाले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मुकुन्दप्रसाद पाण्डेले प्यारामाउण्ट विद्यालयले एसईईमा उत्कृष्ट नतिजा ल्याएको बताउँदै हस्तलेखनमा विश्वमा नै प्रथम भएको स्मरण गराउनुभयो । प्याब्सन काठमाडौंमा सदस्य समेत रहनु भएका प्रधानाध्यापक पाण्डेले प्यारामाण्ट स्कुल तथा कलेजका विद्यालयहरुमा अध्ययनकासाथै अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट रहँदै आएको भन्दै गत महिना भएको काठमाडौं उपत्याकाव्यापी नृत्य प्रतियोगिता तथा डान्स प्रतियोगितामा समेत प्रथम स्थान हासिल गरेको जानकारी गराउनुभयो ।
उहाँले प्यारामाण्टका विषयमा अनेक प्रकारका टिका टिप्पणी आइरहेको भन्दै उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा कुनै सम्झौता नहुने र निर्धक्क रहन आग्रह गर्नुभयो । उहाँले आफ्ना छोराछोरीका विषयमा बेला बेलामा विद्यालयमा आएर बुझ्न पनि उहाँको आग्रह थियो । कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु कृष्ण कुईकेल, उपेन्द्र कुईकेल, सरोज केसी,यमबहादुर थापा,सुजन गजुरेल, शुकदेव दाहाल,जगदीश कुईकेल, गणेश सिटौला,मुकुन्द अधिकारी,कांग्रेसका महिला नेतृहरु अप्सरा थापासहितका अतिथिहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयकी शिक्षिका सविना फुयाँललाई नगदसहित सम्मान समेत गरिएको थियो ।
सो अवसरमा कलाकारहरु सुन्दरमणी आचार्यसहितका कलाकारहरुले मनोरञ्ञ्जन प्रदान गरेका थिए । कार्यक्रममा विद्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत र कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई विदाई समेत गरेको थियो । उक्त विद्यालयमा कक्षा११ देखि १२ सम्म सातसय विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक पाण्डेले जानकारी दिनुभयो ।