
३० साउन, नुवाकोट । नीजि तथा आवासिय विद्यालय अर्गनाईजेसन (प्याब्सन) नुवाकोटले प्रमुख जिल्ला अधिकारी सशीधर घिमिरे र जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम ठकुरी जिसस प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरी र शिक्षा विकास तथा सम्नवय इकाई प्रमुख रामचन्द्र ईटनीलाई ज्ञापन पत्र बुझाएको छ ।
विद्यालय शिक्षा ऐन २०२८ लाई संसोधन गरेर बन्न लागेको विद्यालय शिक्षा विधेयकमा समेटिएका केही बुँदाहरुमा असहमति जनाउँदै केन्द्रीय समितिको निर्णय अनुसार प्याब्सन नुवाकोटले जिल्लाका जिल्लाका तीन संस्थाका प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै आफूहरुको मागका विषयमा ध्यानाकर्षण गराएको हो ।
प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीको नेतृत्वमा रहेको प्याब्सन टोलीले आज शुक्रबार प्रमुख जिल्ला अधिकारी ,जिल्ला समन्वय समितिका प्रमुख र शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखमार्फत सरकारको ध्यानाकर्षण गराएको प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।
प्याब्सन केन्द्रिय कार्यसमितिको निर्णय बमोजिम देशभरका जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिलिाई ज्ञापन पत्र बुझाइएको प्याब्सन नुवाकोटल जनाएको छ । प्याब्सनले बुझाएको ज्ञापनपत्रमा शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्ने ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संसोधन र एकिकरण गर्न बनेको विद्येयक २०८०’ मा राखिएका केही बुँदाहरु असहमति जनाइएको छ ।
ज्ञापन पत्रमा निजी विद्यालयहरुलाई क्रमशः गैर नाफामुलक बनाईनेछ भन्ने वाक्याशं हटाईनुपर्ने, पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाईनुपर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिईनुपर्ने र छात्रवृत्ति अन्तरगत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाई शुल्क मात्रै कायम हुनुपर्ने उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै दुवै संस्थाका प्रमुखले प्याब्सनले उठाएका विषयहरुका विषयमा आफूहरुले नेपाल सरकारसम्म पुर्याउने प्रतिवद्धता जनाएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
सरकारले ल्याउन लागेको विद्यालय शिक्षा विधेयकमा नीजि विद्यालयहरुलाई क्रमश ः गैरनाफामुलक बनाउने विषयमा विवाद भएको छ । सरकारले संस्थागत विद्यालयलाई गुठीका रुपमा विकास गर्ने योजना बनाएको छ ।
जसले हालको व्यवस्था अनुसार विद्यालयले नाफाका हिसावले सञ्चालन गर्न पाउने छैनन् ।यसअघि प्याब्सनको निर्णय अनुसार बिहीबार देशभरका स्थानीय सरकारलाई पनि ज्ञापनपत्र बुझाइएको थियो ।