
फाइल तस्बिर
काठमाडौँ । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको ललितपुरको नख्खु कारागारमा सारिने भएको छ ।
कारागार व्यवस्थापन विभागले लामिछानेको माग अनुसार नै नख्खु कारागारमा स्थानान्तरणका गर्न रुपन्देही कारागारलाई पत्र लेखेको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए । व्यवस्थापिका संसदमा समेत लामिछानेलाई राजधानी सार्न कांग्रेस सांसद अर्जुननरसिंह केसी, सिता मिजार लगायतको माग गरेका थिए ।
यस्तै रास्वपाले समेत अदालतले सार्न सहमति दिँदा समेत सरकारले अटेर गरेर बसेको भन्दै विरोध जनाएपछि गृहमन्त्रीले नै यस विषयमा प्रष्ट पार्नु परेको थियो ।