
२ भदौ, काठमाडौं । आगामी १७ कात्तिकमा रुपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ राजनीतिक दल दर्ता भएका छन् ।२७ राजनीतिक दलले निवेदन दिएकोमा २६ राजनीतिक दलको नाम उपनिर्वाचनका लागि योग्य भएको निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले अनलाइनखबरलाई जानकारी दिइन् ।
आयोग प्रवक्ता अर्यालका अनुसार नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आवश्यक कागजात पेस नगरेका कारण उपनिर्वाचनका लागि अयोग्य ठहर भएको छ ।

