
काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । तरुण दलको भदौ १ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी स्थानीय तहदेखि केन्द्रसम्मको महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।
तरुण दलका अध्यक्ष विद्धान गुरुड.ले सार्वजनिक गर्नुभएको विज्ञप्ति अनुसार भाद्र १५ गतेभित्र पूर्ण सदस्उता वितरण गरि पालिकादेखि वडासम्मको अधिवेशन गरिनेछ । यस्तै भाद्र मसान्तभित्र केन्द्रीय कार्यालयबाट पूर्ण सदस्उता स्वीकृत गर्ने र क्षेत्रीय र जिल्ला अधिवेशन प्रतिनिधि अनुमोदन गरिसक्ने भनिएको छ । २०८२ कात्तिक २० गतेभित्र प्रदेशसभा निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन सम्पनन गरिसक्ने,२०८२ सालको कात्तिक मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यतालिकामा उल्लेख गरिएको छ ।
यस्तै मंसिर १० गतेभित्र प्रदेश अधिवेशन र २०८२ साल मंसिर २६देखि २८ सम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिकामा उल्लेख गरिएको छ । केन्द्रीय महाधिवेशनको स्थान भने तय गरिएको छैन । कांग्रेसमा तरुण दलको महाधिवेशन लामो समयदेखि हुन सकिरहेको छैन । पोखरा महाधिवेशनमा अध्यक्ष चयन गरेपनि अन्य पदाधिकारी चयन गरिएको थिएन । त्यसपछि भने महाधिवेशन हुन सकेको छैन् ।
महाधिवेशन हुन नसक्दा तरुण दल निश्क्रिय जस्तै बनेको छ । गत वर्ष तरुण दलको सभापतिसहित केन्द्रीय समिति मनोनित गरेर महाधिवेशन जिम्मेवारी दिइएको थियो । सोही अनुसार महाधिवेशन गर्ने तयारी गरिएको तरुण नेताहरुले बताएका छन् । तर अझै महाधिवेशन हुन्छ कि हुँदैन भन्ने आशंकाहरु भने जिवित रहेका छन् ।
