
फाइल तस्बिर
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्वस्थ भएका छन् । ललितपुरस्थित नख्खु जेलमा सारिएका लामिछाने अस्वस्थ भएपछि रगत जाँच गर्नका लागि वीर अस्पतालको ट्रमा सेन्टरबाट डाक्टर गएका छन् ।उनको रगत परीक्षण भइरहेकाले के समस्या भएको भन्नेबारे रिपोर्ट नआएको कार्यवाहक सभापति डोरप्रसाद अर्यालले जानकारी दिए । ‘म उहाँले भेट्न गएको थिएँ ।
उहाँ अस्वस्थ भएकाले चेकअपका लागि ट्रमा सेन्टरबाट डक्टरहरू लिएर ब्लड परीक्षण गरिएको छ । रिपोर्ट आएको छैन । लामो समय अँध्यारो कोठामा बस्नुपरेकोले समस्या आएको हुनसक्छ । परीक्षणको रिपोर्ट आएपछि मात्र के भएको थाहा हुन्छ’, अर्यालले भने । चिकित्सकहरुले चेकजाँच र रगत परिक्षणको रिपार्ट औपछि थप उपचार आवश्यक पर्ने नपर्नेबारे थाहा हुनेअ र्यालले बताए ।