
विदुर । नुवाकोट जिल्लामा लामो समयदेखि सामाजिक अभियानमा सक्रिय रहँदै आएको यशोदादेवि भगवानसिंह केसी मेमोरियल ट्रष्टले आफ्नो अभियानलाई जारी राखेको छ ।
यसैक्रममा मंगलबार(आज) नुवाकोट जिल्ला मेघाङ्ग गाउँपालिका वडा न २ मा अवस्थित सानो किम्ताङ्ग माध्यमिक विधालयलाई वर्तमान सुचना प्रबिधिको युगमा जोड्नका लागि भन्दै २ थान कम्युटर हस्तान्तरण गरेको छ । ट्रष्टका सचिव तथा कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीले आफ्नो निवास काठमाडौंबाट आज सोही वडाका वडा अध्यक्ष कमल तामाङमार्फत उक्त विधालयलाई कम्प्युटर हस्तान्तरण गर्नुभएको ट्रष्टले जनाएको छ ।
कम्प्युटर हस्तान्तरणपछि नेता केसीले आफ्नो फसबुक पेजमार्फत विधार्थीले उक्त कम्प्युटरको भरपुर मात्रामा उपभोग गर्दै आफ्नो ज्ञानको सिमानालाई बढाएर फराकिलो पार्दै वर्तमान समय सुहाउँदो सुचना प्रबिधिको युगमा आफुलाई उभ्याउन सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । साथै केसीले भविष्यमा पनि आफुले सकेको सहयोग गर्नेमा प्रतिवद्धता जनाउनु भएको छ ।
नेपालको राजनीतिमा स्थापित अर्जुननरसिंह केसी दाजुभाईले आफ्ना स्वर्गीय मातापिताको स्मृतिमा ट्रष्ट स्थापना गर्दै विगत १५ वर्षदेखि नुवाकोट जिल्लालाई केन्द्रमा राखेर शिक्षा र स्वास्थ्यमा काम गर्दै आएका छन् । जसको सहयोगले नुवाकोट जिल्लाका धेरै विद्यालयहरुले लाभ लिन सकेका छन् ।