
काठमाडौं, ५ भदौं । नेकपा एमालेले पार्टीको सदस्यता नविकरण गर्न अस्वीकार गरेपनि एमालेको राजनीतिमा सक्रिय हुन लागेकी पुर्व राष्ट्रपति बिधादेवी भण्डारीले आज आफ्नो सम्पर्क कार्यालय उदघाटन गर्दैछिन् ।
मदन भण्डारी ७५ औं जन्म जयन्ती मुल ब्यवस्थापनको कार्यालय, नामक संस्थाको कार्यालय उदघाटन गर्न लागेकी हुन् । बानेश्वर, थापागाउँस्थित मण्डला नाट्यघर नजिक भण्डारीको सो कार्यालय दिउँसो २ बजे उदघाटन गरिदैँछ ।
भण्डारी पक्षले यसलाई सम्पर्क कार्यालय भनेको छैन । त्यसलाई ‘मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालय भनिएको छ । समितिको संयोजक बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल छन् ।
मदन भण्डारीको रहस्यमय निधनपछि भएको उपनिर्वाचनमा विद्या भण्डारीले पनि यही घरबाट चुनावी अभियान चलाएकी थिइन् । उक्त उद्घाटन कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरु समेत सहभागि हुने बुझिएको छ ।
यस्तै भण्डारी समर्थित नेकपा एमालेका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहने भएको छ । तर पार्टीको संस्थापन पक्षले भने को को भेलामा जान्छन् भने सुक्ष्मरुपमा निगरानी समेत राख्न पार्टीका केही नेताहरुलाईसमेत खटाएको बुझिएका छ ।
एमालेले भण्डारीको सदस्यता नविकरण नगरेपनि उनी समर्थित नेता कार्यताहरुले एमाभित्र रहेर समानान्तर कमिटि समेत गठन गर्न थालिसकेका छन् । यसले कि त भण्डारीलाई एमालेमा भित्र्याउनु बाध्यतामा एमाले अध्यक्ष केपी शर्मा ओली पुग्नुपर्ने देखिएको छ । नत्र एमाले विभाजनको अवस्थासम्म जाने अवस्था सिर्जना भएको छ । भण्डारीको पक्षमा एमालेको ठुलो जमात लागिसकेको छ ।
तर नेपाली कांग्रेससहितका अन्य राजनीतिक दलहरुले पनि पूर्व राष्ट्पति राजनीतिमा आउन नहुने तर्क गर्दै आएका छन् । यसबीचमा पनि भण्डारीको एमाले पुनरागमनले सिंगो लोकतन्त्रलाई नै हासी मजाक बनाएको धेरैको गुनासो छ ।