
२४ असोज, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले विद्यार्थीको उत्तरपुस्तिका जेनजी आन्दोलनमा जलेर नष्ट भएपछि पुनः परीक्षा गर्ने भएको छ । सीटीईभीटीले दिएको जानकारी अनुसार मंसिर४ गते परीक्षाको कार्यतालिका सार्वजनिक गरिएको छ ।
जेनजी आन्दोलनमा सीटीईभीटीको १४ हजार ७०० वटा उत्तरपुस्तिका जलेका थिए । सीटीईभीटीको डिप्लोमा, प्रमाणपत्र र प्रि–डिप्लोमा तहका परीक्षाको उत्तरपुस्तिका जलेको प्रवक्ता टैलेन्द्र आचार्यले बताए । उनका अनुसार प्रहरी कार्यालयमा सुरक्षाका लागि राखिएका उत्तरपुस्तिका जलेर नष्ट भएका हुन् । गत वर्षहरुमा भन्दा हालका वर्षहरुमा सीटीईभीटीमार्फत अध्ययन गर्ने विद्यार्थीहरुको संख्या घट्दै गएको तथ्यांकले देखाएको छ ।