
काठमाडौँ । पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई नेकपा एमाले तीन नेताले देखिनेगरि साथ दिएका छन् ।
बिहीबार नयाँ बानेश्वरको थापागाउँस्थित लाखेचौर मार्गमा भण्डारीले स्थापना गर्नु भएको सम्पर्क कार्यालय उद्घाटनमा सहभागि भएर एमाले तीन नेताहरु मध्ये वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द पाण्डे र युवराज ज्ञवालीले भण्डारीको अभियानलाई खुलेरै साथ दिएका छन् । स्मरणीय छ तीन नेता नै पार्टीका पदाधिकारी हुन् ।
कार्यक्रममा पार्टीका तीनै जना नेताले मन्तव्य राखेका थिए । कार्यक्रममा नेता पोखरेलले एमालेमा लोकतान्त्रिकरणको आवश्यकता रहेकोमा जोड दिएका थिए । उनले बिहीबारको कार्यक्रम सानो भएपनि यसको अर्थ ठुलो लाग्ने भन्दै भण्डारीको प्रशंसा गरेका थिए । ‘यो कार्यालय आउने दिनमा मदन भण्डारीका योगदान र भूमिका आम नेपाली जनता तथा विश्व रङ्गमञ्चमा पुर्याउने उद्देश्यले स्थापना गरेको मैले बुझेको छु’, पोखरेलले भने,‘झट्ट हेर्दा सानो तर महत्वका हिसाबले यो ठुलो कार्यक्रम हो ।’
कार्यक्रममा व्यवस्थापन समितिका संयोजक पूर्वमुख्यमन्त्री डोरमणि पौडेललगायतका एमालेका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको कार्यक्रममा पेसागत महासंघका अध्यक्ष पुण्य ढकाल, संविधानसभा सदस्य विकास लम्साल, कृष्णप्रसाद दाहाल, स्थायी कमिटी सदस्य कर्ण थापालगायत सहभागी थिए ।
आफ्ना समर्थकहरू सहभागी कार्यक्रमलाई सम्बोधन गर्दै विद्या भण्डारीले ठुला दलहरूले राजनीतिक प्रणालीलाई सिस्टममा हिँडाउन नसकेको तथा जनचाहाना अनुसार काम गर्न नसकेको आरोप लगाईन । उनले एमाले जबज अनुसार अघि बढ्न नसकेको र त्यसको गम्भीर समिक्ष गर्ने बेला भएको औल्यार्यन ।
कार्यक्रममा भण्डारीले आफूले एमालेकै कार्यकर्ता भएर काम गर्न चाहेको बताएकी थिएन् । भण्डारीले भनिन्, म नेकपा एमालेकै कार्यकर्ता भएर काम गर्न चाहन्छु, र गरिरहन्छु,’ ‘नेकपा एमालेले जुन मार्गदर्शन सिद्धान्तको रूपमा जबजलाई लिएको छ, त्यसको मर्म र भावनाको आधारमा काम गर्ने हो ।’ त्यसका लागि म सबैको सहयोगका अपेक्षा गर्दछु ।
नेकपा एमालले पूर्व पूर्वराष्ट्रपति राजनीतिमा आउन नहुने भन्दै पार्टी सदस्यता नविकरण नगरेको अवस्थामा भण्डारी एमालेबाट राजनीतिक गर्न तयार हुनु र पार्टीका नेताहरुले साथ दिनुले एमाले विभाजनको खतरातर्फ मोडिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको कार्यक्रममा एमालेका नेताहरु सहभागि हुन नहुने तर्क गरिरहेका बेला पार्टीका नेता कार्यकर्ताहरुले यतिखेर समानान्तर कमिटि बनाउँदै संस्थापन पक्षलाई चर्को दवाव दिइरहेका छन् ।
एमालेभित्र पूर्वराष्ट्रपति भण्डारीलाइृ एमालेमा सक्रिय हुन दिने नदिने बिच विवाद भैरहेका बेला नेपाली कांग्रेससहितका अनय केही दल तथा नागरिक समाजले समेत पूर्वराष्ट्रपति राजनीतिमा आउन नहुने सुझाव दिँदै आएका छन् ।