
६ भदौ, काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा नयाँ भर्ना खुलाएको छ । भर्ना छनौट निर्देशनालयले आज सार्वजनिक गरेको सूचना अनुसार अधिकृत क्याडेट पदमा २८० जनाका लागि भर्ना खुलेको हो ।
समावेशी आधारमा खुलाइएको भर्ना सूचना अनुसार खुलातर्फ १४६ जना र सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ जनाको लागि कोटा छुट्याइएको छ ।
यसैगरी महिलाका लागि २४, आदिवासी जनजातिका लागि ३८, दलितका लागि १८ र पिछडिएको क्षेत्रका लागि ६ जनाको आरक्षण छुट्याइएको छ । दरखास्त दिने म्याद आज भदौ ६ गतेदेखि असोज ४ गतेसम्म छ । दरखास्त दस्तुर १ हजार रुपैयाँ तोकिएको छ भने शैक्षिक योग्यता त्रिभुवन विश्वविद्यालय वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तीर्ण हुनुपर्नेछ ।
