
विदुर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नुवाकोट जिल्ला अध्यक्षमा यातायात व्यवसायी धनबहादुर श्रेष्ठ चयन भएका छन् ।
महासंघ बागमती प्रदेश संयोजक सुमन गिरीको प्रमुख आतिथ्यतामा आज आइतबार जिल्ला सदरमुकाम विदुरमा सम्पन्न भएको महासंघको सातौ जिल्ला अधिवेशनले श्रेष्ठको संयोजकतवमा सात सदस्यीय कार्यसमिति चयन गरेको बागमती प्रदेश संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि सुमन गिरीले जानकारी दिनुभयो । त्रिशूली बजार निवासी श्रेष्ठ लामो समयदेखि यातायात क्षेत्रमा सक्रिय छन् । श्रेष्ठ नुवाकोट र रसुवा जिल्लामा सञ्चालित नमस्ते पासाड.ल्हामु यातायात प्रा.लिका उपाध्यक्ष पनि हुन् ।
यस्तै अधिवेशनले सचिवमा दिपक श्रेष्ठ र कोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठलाई चयन गरेको छ । भेलाले सदस्यहरुमा कुमारमान मलेकु,श्रेष्ठ,लक्ष्मण महर्जन,अनुज जोशी र लोकराज न्यौपानेलाई चयन गरेको छ । यसअघि अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि गिरीले जिल्लामा रहेका व्यवसाीहरु एकतावद्ध भएर अघि बढेको खण्डमा मात्रै यातायात व्यवसायहीरुका समस्या समाधान गर्न सहज हुने बताउनुभयो ।

उहाँले सरकारले यातायात व्यवसायीका गुनासाहरु बेला बेला सम्बोधन नगर्दा समस्या आउने गरेको भन्दै यातायात क्षेत्रले मुलुककका लागि गरेको योगदानको स्मरण गर्न पनि सरकारलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा टिमुरे यातायात प्रालिका अध्यक्ष प्रकाश जोशी, त्रिशूली यातायातका नविन राजभण्डारी, नमस्ते पासाड.ल्हामु यातायात प्रा.लि का कोषाध्यक्ष लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।
नुवाकोट जिल्लामा रहेका यातायात व्यवसायीहको साझा संस्थाको रुपमा रहेको महासंघमा जिल्लामा एकसय भन्दा बढि व्यवसायी आवद्ध रहेका छन् । नुवाकोट जिल्लामा नमस्ते पासाड.ल्हामु यातायात प्रा.लि. टिमुरे यातायात प्रा.लि, त्रिशूली यातायात प्रा.लि र नेपाल माइक्रो यातायात प्रा.लि सञ्चालित छन् । चारवटा संस्थामा करिब ३ सय व्यवसायी आवद्ध रहेको बताइएको छ । ।