
विदुर । नुवाकोट जिल्लाको विदुर नगरपालिकाले नगरभित्रका अति विपन्न परिवालाई स्वास्थ्य बिमामा समावेश गर्ने भएको छ । नगरपालिकाले नगरभित्रका अति विपन्न, दलित, सीमान्तकृत तथा आर्थिक–सामाजिक रूपमा कठिनाइमा परेका परिवारलाई लक्षित गर्दै सञ्चालन हुने “अति विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रम” २०८२ को शुभारम्भ गरेको छ ।
आइतबार भदौ ८ गते वडा नं. १ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक लेनिन रञ्जितको अध्यक्षता र नगर प्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यता तथा उपप्रमुख प्रभा बोगटीको विशिष्ट आतिथ्यतामा एकसाथ कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा कार्यक्रममा वडा नं. २ का अध्यक्ष दिपक कायस्थ,वडा नं. ५ का अध्यक्ष लिलानाथ न्यौपाने,वडा नं. ९ का अध्यक्ष हरेराम भण्डारी,वडा नं. १० का अध्यक्ष गणेशकुमार नेपाल,वडा नं. ११ का अध्यक्ष बाबुराम तामाङ,वडा नं. १३ का अध्यक्ष भरत तामाङ निमित्त प्रमुख प्रशासकिय अधिकृ हरिप्रसाद प्याकुरेल, स्वास्थ्य शाखा प्रमुख रामराजा भण्डारी बीमा कार्यालय नुवाकोटका प्रमुख रोशन बराल लगायत बीमा सेवाग्राही तथा अभिकर्तासहित करिब दुई सय बढी सहभागीको उपस्थिति रहेको थियो यस कार्यक्रमअन्तर्गत हालसम्म नगरका ६७२ घरपरिवारका करिब २६०० भन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् ।
कार्यक्रमले दीर्घकालमा नगरभित्रका नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्ने, आकस्मिक उपचार खर्चबाट हुने आर्थिक बोझ न्यूनिकरण गर्ने, सामाजिक न्याय प्रवद्र्धन गर्ने, स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने, उपचार खर्चमा राहत दिलाई परिवारको आय–व्ययमा स्थायित्व ल्याउने, विपन्न वर्गलाई आकस्मिक स्वास्थ्य समस्याबाट सुरक्षित गर्ने, गरिबी न्यूनीकरणमा प्रत्यक्ष योगदान पु¥याउने, स्वस्थ, उत्पादनशील तथा सक्रिय जनशक्ति विकास गर्ने जस्ता बहुआयामिक फाइदाहरू प्राप्त हुने विश्वास गरिएको छ ।
नगरपालिकाको यो कार्यक्रममार्फत नगरभित्रका विपन्नहरुले ठुलो राहत पाएका छन् । सरकारले स्वास्थ बिमामार्फत २ लाखसम्मको उपचार सेवा प्रदान गर्दै आएको छ । सरकारको यो निर्णयले सर्वसाधारका लागि स्वास्थ उपचारमा निकै सहजता भएको छ ।