
विदुर । नेपाली कांग्रेस नुवाकोटको क्षेत्र नं २ को क्षेत्रीय समितिले असोज ३ गते संविधान दिवसका दिन चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।
कांग्रेस क्षेत्रीय सभापति जगतबहादुर लामाले असोज ३ गते संविधान दिवस,विजया दशमी, नेपाल सम्वत, शुभ दिपावली तथा छठ पर्वका अवसरमा चियापान कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले सबै चाडपर्वलाई समेटेर ३ गते कांग्रेस पार्टी कार्यालय विदुर बिहान ८ बजे चियापान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
चियापानका लागि पार्टीका सबै तहलाई निमन्त्रण गरिने जानकारी दिँदै सभापति लामाले संविधान जारी भएको अत्यन्त महत्वपूण दिनका अवसरमा आयोजित चियापान कार्यक्रमले कांग्रेसलाई चलायमान बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।