
काठमाडौँ — प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि भदौ ११ गते मिति तोकिएको छ ।
सोमबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम ९१० अनुसार सभापति चयनका लागि ११ गते बुधबारलाई मिति तोकेका हुन् ।
कुलिङ पिरियडमा हेरफेरमा दोषी भएको छानबिन समितिको निष्कर्षपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए प्रतिनिधिसभाको नियमावलीअनुसार रिक्त भएको १५ दिनभित्र सपभापति चयन गरिसक्नुपर्ने प्रावधानअनुसार सोमबार अन्तिम दिन हो ।
नियमावलीअनुसार सभापति चयन गर्नुपर्ने मिति सकिएपछि सभामुखले आज निर्वाचन मिति तोकेका हुन् ।
