
विदुर । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ७स्थित महादेवफाँटमा चर्चित भागवत कथा वाचिका श्री राधिका दासीले कथा वाचन गर्ने हुनुभएको छ । आउँदो कात्तिक महिनाको १९ गतेदेखि कात्तिक २५ गतेसम्म राधिका दासीले कथा वाचन गर्नुहुने उहाँले सामाजिक संञ्चालमार्फत जानकारी दिनुभएको छ ।
स्थानीय भिमेश्वर सामुदायिक संस्थाको आयोजनामा रातमाटेमा सामुदायिक अस्पताल निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागिएको उक्त संस्थाका अध्यक्ष दामोदर नेपालले जानकारी दिनुभयो । अस्पताल निर्माणका लागि भएकाले आयोजनकले भदौं १५ गते मुल आयोजक समिति गठन गर्नका लागि भेला समेत बोलाइएको छ ।
त्रिदेशीय मार्गका रुपमा परिचित गल्छी देविघाट सडक खण्डमा पर्ने उक्त स्थानमा अस्पताल निर्माण भए नुवाकोट र धादिड.का केही भेगका नागरिकले समेत सेवा पाउन सहज हुनेछ ।