
काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स (सिडेन) को अध्यक्षमा रविभूषण झा निर्वाचित भएका छन् । उनी कांग्रेसको संस्थापन पक्षका उम्मेदवार हुन् । इतर समूहका नेता डा शेखर कोइराला र महामन्त्री गगन थापाका उम्मेदवार धनेन्द्र केसीलाई हराउँदै झा अध्यक्षमा निर्वाचित भएका हुन् ।
झाले एक हजार तीन सय १५ मत पाउँदा केसीले एक हजार दुई मत पाए । कार्यसमितिका अधिकांश पदमा झाको प्यानलका उम्मेदवार निर्वाचित भएका छन् ।
उपाध्यक्षमा संस्थापन पक्षकै मदन पुरी विजयी भएका छन् । पुरीले एक हजार दुई सय ८० मत पाउँदा केसी समूहका सागर सशमेर शाहीले एक हजार ९ मत पाए ।
महासचिवमा पनि झा समूहकै सुदर्शन शर्मा विजयी भए । शर्माले एक हजार एक सय ७४ मत ल्याउँदा उनका प्रतिस्पर्धीद्वय भुपेन्द्र श्रेष्ठले ९०२ र कुलराज खनालले दुई सय ३५ मत ल्याए । उपमहासचिवमा खगेन्द्र अवस्थी र कोषाध्यक्षमा सुजित कोइराला निर्वाचित भए ।