
हेटौडा । । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स (सिडेन) को बागमती प्रदेश सभापतिमा पनि संस्थापन पक्षका उम्मेदवार सुजन भट्ट नै निर्वाचित भएका छन् ।
भट्टले संस्थापनइतर समूहका उम्मेदवार नुवाकोट विदुरका पुरुषोत्तम शर्मा(लामिछाने)लाई १२६ मतले पछि पार्दै आफ्नो जित सुनिश्चित गरेका छन् । सभापतिमा भट्ट १२५४ मतकासाथ विजयी भएका छन् भने शर्माले ११२६ मत पाएका छन् ।
यस्तै उपसभापतिमा पनि संस्थापनपक्षका मनिष पन्थ विजयी भएका छन् । यस्तै संस्थापन पक्षबाटै सचिवमा आशिष थापा,सहसचिवमा राजेश यादव र कोषाध्यक्षमा स्वस्तिका कार्की विजयी भएका छन् । प्रदेश सदस्यहरुमा भने बराबरी जस्तै उम्मेदवार विजयी भएको बताइएको छ ।
केन्द्रीय अध्यक्षमा रविभूषण संस्थापन पक्षका झा निर्वाचित भैसेका छन् । उनी कांग्रेसको संस्थापन पक्षका उम्मेदवार हुन् । इतर समूहका नेता डा शेखर कोइराला र महामन्त्री गगन थापाका उम्मेदवार धनेन्द्र केसीलाई हराउँदै झा अध्यक्षमा निर्वाचित भएका हुन् ।विजयी उम्मेदवारहरुको घोषणा केही समयअघि मात्रै सुरुभएको छ ।