
सांकेतिक तस्बिर
विदुर । नुवाकोट जिल्लाको तादी गाउँपालिकास्थित वडा नं २ मा पर्ने चिलाउने खोलामा आएको बाढीले बगाउँमा एक जना बालिकाको मृत्यु भएको छ ।
स्थानीय चिलाउने आधारभुत विद्यालयमा अध्ययनरत ४ जना विद्यार्थी ४ बजे फर्कदै गर्दा विद्यालय नजिक रहेको चिलाउने खोलामा आएको बाढीले चारै जनालाई बगाएको थियो । तर अन्य तीन जनालाई सकुशल उद्धार गरिएको भएपनि स्थानीय रामबहादुर तामाड.की ४ वर्षीया छोरी शतीकला तामाङको भने खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी विक्रम लामाले जानकारी दिनुभएको छ ।
यस्तै खोलाले बगाएका शतीकलाकी दीदी ७ वर्षीया सुस्मा तामाङ, पदमबहादुर तामाङकी छोरी ११ वर्षीय ज्योति तामाङ र उनका भाई ७ वर्षीय ज्योत्सन तामाङलाई भने उद्धार गरि स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ । उनीहरुको अवस्था भने सामान्य रहेको बताइएको छ । उनीहरु चारै जना विद्यालय छुट्टी भएपछि घर फर्कदै थिए । तर खोलामा बाढी आएको बेलामा खोला तर्ने क्रममा ४ वर्षीया बालिकालाई भने बगाएको थियो ।