
विदुर । नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिकास्थित वडा नं १ का दाङसिङका खम्बबहादुर तामाङको घरबाट नगद ७० लाख लुटपाट भएको छ ।
बुधबार राति करिब १२ बजेतिर चार जानको अज्ञात समूहमा आएका नकाधादारीहरुले उनका छोरा र बुहारीलाई मुखमा पट्टी बाधेर घरभित्रै थुनेर राखेको र खम्बबहादुरलाई विभिन्न करकापमा पारी पैसा झिक्न लगाई नगद ६० देखि ७० लाख रुपयाँ लुटेर लगेको जिल्ला प्रहरी प्रहरी कार्यालय दाङसिंहका प्रहरी हवल्दार प्रकाश श्रेष्ठले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।
घटनाबारे थप असन्धान भैरहेको प्रहरीले जनाएको छ । खम्बहादुर गाउँमा व्यापारी हुन् । उनले गाउँमा आवश्यक पर्दा व्याजमा फैसा लगाउने गरेका स्थानीयहरुको बताएको प्रहरीले भनेको छ । उनले त्यतिधेरै पैसा घरमा राख्नुको कारण र पैसाको स्रोतबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ