
काठमाडौं । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका बाघाखोर घर भएका एक किशोर राजधानीबाट सम्पर्कविहिन भएका छन् ।
बेलकोटगढीस्थित बाखाखोर घर भएका हर्क बहादुर तामाड.को १४ वर्षीय छोरा अमृत तामाङ बिहीबार बिहान कोठाबाट निस्किएको र आज सम्मसमेत घर नआएको भन्दै उनका बाबुले समाजिक सञ्जालमार्फत खोजीका लागि अपिल गरेका छन् ।
राजधानीकै तारकेश्वर नगरपालिकस्थित नेपालटारमा रहेको शुभकामना बोडिङ स्कुल पढ्ने अमृत भारतीर लागेको वा काठमाडौंका कतै बसेको हुनसक्ने भन्दै उनका बुबा हर्क तामाङले खोजीका लागि अपिल गरेका छन् ।
उनले आफ्नो छोरा सम्पर्कमा नआएसम्म आफूहरु खोजीमा सक्रिय रहने भन्दै छोराको फोटो समेत सार्वजनिक गरेका छन् । उनले कोही कसैले भेटमा मोबाइल नम्बर ९८५१००४७२६ र ९८४१७७२०४१ मा खबर गरिदिनु हुन पनि अपिलमा भनेका छन् ।