
काठमाडौं । एभरेस्ट बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बिहीबार (भदौ १९) बसेको बैंक सञ्चालक समितिको ३८७औँ बैठकबाट सञ्चित नाफाबाट १४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरिएको हो ।
बैंकका सेयरधनीलाई नगद लाभांश तथा बोनस सेयर जारी गर्नका निम्ति नेपाल राष्ट्र बैंकसँग अनुमति माग गर्ने निर्णय गरिएको छ ।
राष्ट्र बैंकबाट निर्णय भएपश्चात् आउँदो वार्षिक साधारणसभाबाट पारित गरी लाभांश दिइने बैंकले जनाएको छ ।
बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँ छ ।