
फाइल तस्बिर
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज (असोज २४) बस्दैछ। यसअघि आइतबारका लागि तय गरिएको बैठक देशका विभिन्न स्थानमा परेको अविरल वर्षासँगै बाढी, पहिरो र डुबानका कारण स्थगित गरिएको थियो।
एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार, आजको बैठकले पार्टीको आगामी रणनीति तथा नयाँ कार्यदिशा तय गर्नेछ।
यसअघि असोज १२ गते एमाले सचिवालय बैठक बसेको थियो।
यस्तै, पार्टीको केन्द्रीय कमिटी बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा बस्ने तयारी गरिएको छ।