काठमाडौं, असार २० — साविक विजेता अर्जेन्टिनाले संघर्षपूर्ण प्रदर्शन गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। मियामी स्टेडियममा सम्पन्न राउन्ड अफ ३२ को खेलमा अर्जेन्टिनाले केप भर्डेलाई ३–२ ले पराजित गरेको हो।
खेलको २९औँ मिनेटमा कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। तर, ५९औँ मिनेटमा डेरोय डुआर्टेले बराबरी गोल फर्काएपछि खेल १–१ को अवस्थामा पुग्यो र निर्धारित समयसम्म कुनै टोलीले निर्णायक गोल गर्न सकेन।
अतिरिक्त समयको दोस्रो मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए। तर, त्यसको केही समयपछि सिड्नी लोप्स क्याब्रलले उत्कृष्ट गोल गर्दै केप भर्डेलाई फेरि २–२ को बराबरीमा पुर्याए।
खेलको १११औँ मिनेटमा केप भर्डेका डाइनी बोर्जेसबाट भएको आत्मघाती गोल निर्णायक बन्यो। सोही गोलका कारण अर्जेन्टिनाले ३–२ को रोमाञ्चक जित निकाल्दै प्रतियोगिताको अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गर्न सफल भयो।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्