
एसइई परीक्षमा ३.९ जिपिए ल्याएका विद्यार्थीहरसँग खुशी साट्दै विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछाने ः तस्बिर सौजन्य ः बबुराम लामिछाने
नुवाकोट । जिल्ला सदरमुकाम विदुरमा रहेको सामुदायिक विद्यालय पृथ्वी माविका दुई छात्रले उत्कृष्ट अंक ल्याएर एसइई परीक्षा उत्र्तिण गरेका छन् । विद्यालयका प्रधानाध्यापक बाबुराम लमिछानेका अनुसार विदुर नगरपालिका २ निवासी बिनोद कुमार श्रेष्ठकी सुपुत्री क्रिस्मा श्रेष्ठ र सोही विद्यालयमा अध्ययनरत बन्दाना पुडासैनीले सबैभन्दा बढि अंक अर्थात ३.९५ जिपिए ल्याएर एसइई उत्र्तिण गरेका छन् ।
नुवाकोट जिल्लाको सामुदायिक विद्यालयहरुमा पृथ्वी मावि उत्कृष्ठ विद्यालयको रुपमा नाम कमाउन सफल हुँदै आएको छ । जिल्लाको सामुदायिक विद्यालय मध्ये पृथ्वी माविको रिजल्ट नै सबैभन्दा उत्कृष्ट रहेको अनुमान गरिएको छ । अन्य विद्यालयहरुले अहिलेसम्म उक्त जिपिए ल्याएको उल्लेख गरेका छैनन् ।
उक्त विद्यालयका छात्राहरुले उत्कृष्ठ अंक ल्याएसँगै विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछानेले विद्यार्थीहरुलाई खादा र अबिरले आज नै स्वागत गरेका छन् । उत्कृष्ठ अंक ल्याएका छात्रहरुले भने आफूहरुले गरेको मिहिनेत अनुसार नम्बर पाएको भन्दै ख्ुशी व्यक्त गरेका छन् ।
उनीहरुले उच्च शिक्षाका लागि भने विषय छनोट गरिनसकेको जनाएका छन् । यस्तै क्रिस्माकी काका दिनेश श्रेष्ले सामुदायिक विद्यालयमा अध्ययन गरेर पनि छोरीले उत्कृष्ट अंक ल्याएकामा आफुहरु निकै खुशी भएको बताउनुभयो । यस्तै जिल्लाको अर्को निजी विद्यालय अर्किड एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुले पनि उत्कृष्ट नम्बर ल्याएर एसइई परीक्षा उत्र्तिण भएको विद्यालयका प्रिन्सिपल रामहरि रिमालले जानकारी दिनुभएको छ ।
प्रिन्सिपल रिमालका अनुसार २ जनाले ३.९५ ल्याएका छन् । यस्तै २ जनाले ३.९ ल्याएका छन् भने अन्य २ जनाले ३.८५ ल्याएका छन् । यस्तै २ जनाले ३.८,२ जनाले ३.६ २१ जनाले र २१ जनाले ए,१२ जनाले बी प्ल्स र १२ जनाले बी ल्याएको जानकारी दिनुभएको छ ।यस वर्षको एसईइ परीक्षामा नुवाकोट जिल्लाबाट सहभागि भएका विद्यार्थीहरु मध्येबाट शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटका परीक्षा शाखा प्रमुख सम्झाना थपलीयाका अनुसार अनुसार जिल्लामा २४ वटा केन्द्रबाट ४ हजार २ सय ४६ जना बिद्यार्थीहरुले परीक्षामा सहभागिता जनाएका थिए ।
जिल्लामा यसवर्ष साधारण समुह तर्फ ४ हजार ६७ जना र प्राबिधिक समुह तर्फ १ सय ४९ जना विद्यार्थीले परीक्षा दिएका थिए । यसैगरी ग्रेडबृद्धिका लागि ३० जनाले परीक्षा दिएका थिए । २४ परिक्षा केन्द्रहरु मध्ये सबैभन्दा धेरै बिद्यार्थी रुक्मिणी माध्यामिक बिद्यालय समुन्द्रटार केन्द्रबाट २ सय ५७ जना बिद्याथीले परीक्षा दिएका थिए भने ज्ञानज्योति माध्यामिक बिद्यालय फिकुरीबाट ८९ जना बिद्यार्थीले परीक्षा दिएका थिए। प्राबिधिक तर्फका १ सय ४९ जना बिद्यार्थीहरुको लागी पृथ्वी माध्यामिक बिद्यालय र ग्रेड बृद्धितर्फका ३० जना बिद्यार्थीहरुको लागी त्रिभुवन त्रिशुली माध्यामिक बिद्यालय त्रिशुली परीक्षा केन्द्र तोकिएको थियो ।