नयाँ प्रणालीमा स्तरोन्नतिका लागि राहदानी सेवा २–३ दिन बन्दसमाचार:

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २०, शनिबार ०८:४३

काठमाडौं – राहदानी विभागले हाल सञ्चालनमा रहेको राहदानी प्रणालीलाई नयाँ प्रणालीमा स्तरोन्नति (माइग्रेसन) गर्न लागिएकाले देशभित्र तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा केही दिनका लागि बन्द हुने जनाएको छ।


विभागका अनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट उपलब्ध गराइने राहदानी सेवा असार २४ देखि २६ गते (जुलाई ८–१०) सम्म तीन दिन बन्द रहनेछ। यस्तै, राहदानी विभागबाट प्रदान गरिने सेवा भने असार २५ र २६ गते (जुलाई ९–१०) दुई दिनका लागि स्थगित हुनेछ।


विभागले माइग्रेसन कार्य सम्पन्न भएपछि असार २९ गते (जुलाई १३) देखि नयाँ प्रणालीमार्फत राहदानी सेवा पुनः सञ्चालनमा आउने जनाएको छ।


नयाँ प्रणाली लागू भएपछि राहदानी सेवा थप सुरक्षित, प्रभावकारी र सेवाग्राहीमैत्री हुने अपेक्षा विभागले गरेको छ। साथै, सेवा बन्द रहने अवधिमा राहदानीसम्बन्धी काम हुने सेवाग्राहीलाई आवश्यक योजना बनाएर कार्यालयमा उपस्थित हुन विभागले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *