
काठमाडौँ । सरकारले आगामी असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालका अनुसार दिवसमा सार्वजनिक बिदा दिएर झण्डा झुकाउने निर्णय गरेको गरिएको छ । यस्तै सरकारले भदौं २४ गते भएको सार्वजनिक सम्पत्ति तथा व्यक्तिका घरमा भएको आगजनी र तोडफोडको अनुसनधानका लागि एक न्यायिक आयोग गठन गर्ने निर्णय पनि गरेको छ । आयोगमा रहने सदस्यहरुका विषयमा अर्को मनित्रपरिषद् बैठकले निर्णय गर्ने मन्त्री अर्यालले जानकारी दिनुभयो ।
यस्तै बैठले यसअघि मन्त्रीपरिषद्मा पेश भएका तर निर्णय नभएका प्रस्तावहरु सम्बन्धित मन्त्रालयलमा फिर्ता पठाउने निर्णय पनि गरेको मन्त्री अर्यालले जानकारी दिनुभयो ।