
काठमाडौँ, भदौ ३१ गते । जेनजी आन्दोलनपछि एकाएक हराएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज बाहिर निस्किएका छन् । अध्यक्ष ‘प्रचण्ड’ले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाको अनुगमन गर्नुभएको छ ।
२०८२ भदौ २४ गते भएको आगलागी र तोडफोडबाट क्षतिग्रस्त भएको पार्टी कार्यालयमा उहाँले सफाइ कार्यको पनि सुरुवात गर्नुभएको छ ।
उहाँको सचिवालयका अनुसार, पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उपस्थित भई जनयुद्ध र जेन–जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उहाँले पार्टी कार्यालयको अनुगमन गर्नुभएको छ ।