
काठमाडौँ । नेपाली कांग्रेसले भदौं २४ गते घटेको आगजनीसहितका अप्रिय घटनाको उच्च स्तरीय छानविन समिति गठन गरेर छानविन गर्न माग गरेको छ । पार्टी कार्यालयमा आज शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले उक्त दिन भएको घटनाप्रति दुःख व्यक्त गर्दै उक्त घटनाको छानविन गर्नुपर्ने निश्कर्षमा पुगेको छ ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रभार विभाग प्रमुख मीन विश्वकर्माले नेपाली कांग्रेस जेनजी युवाहरुहले उठाएको भ्रष्टाचार अन्त्यको विषयमा गम्भीर भएको र युवाहरुको माग अनुसार अघि बढ्ने कुरामा कांग्रेसको समेत उच्च समर्थन रहेको निर्णय गरेको जानकारी दिनुभयो । बैठकले पार्टी सभापतिमाथि भएको आक्रमणको कडा रुपमा भत्सर्ना गर्ने निणर्य पनि गरेको छ । बैठकले सभापति देउवा दम्पत्तीप्रति शीर्घ स्वास्थ्य लाभको कमना गरेको छ ।
यस्तै विश्वकर्माले पत्रकारहरको प्रश्नमा कांग्रेसभित्र व्यक्तिगत रुपमा पार्टीको पुनर्रगठन वा विशेष महाधिवेशनको कुरा उठेपनि बैठकमा यसबारेमा कसैले पनि प्रस्ताव नगरेकाले कांग्रेसले नियमित रुपमा हुने महाधिवेशनको तयारी गरिरहेको बताउनुभयो ।
उहाँले पार्टी सभापतिको स्वास्थ्य सामान्य अवस्थामा फर्कँदै गएको भन्दै सभापतिको उपथ्तििमा बैठकले बसेर कांग्रेसलाई थप क्रिलयाशिल बनाउने बताउनुभयो ।
कांग्रेसले संसद विघटनका विषय र वर्तमान अवस्थाका विषयमा भने मौन बसेको छ । बैठकले संसद् विघटन असंवैधानिक भएको ठहर गर्दै यस विषयमा अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।
साथै केन्द्रीय समिति बैठक दशैं अघि नै बोलाउने निर्णय समेत गरेको छ । २४ गतेपछि कांग्रेसले भौतिक रुपमा जलेको पार्टी कार्यालयमाआज बैठक गरेको हो ।