
विदुर । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी परिवारले आफुहरुको घर जलाएपनि आफूहरु नजलेको भन्दै अझै पनि नुवाकोटका जनतामा समर्थित हुने बताएका छन् ।
नुवाकोट जिल्लाको विदुर नगरपालिकास्थित विदुरमा रहेको आफरुहरुको निजी निवासमा आयोजित पत्रकार सम्मेलनमा केसी परिवारकातर्फबाट डा. केदारनरसिंह केसीले आफूहरुको घर व्यक्तिगत नभई नुवाकोटका नागरिकको मन्दिर भएको भन्दै घर जल्दा आफूहरु निकै मर्माहित भएको बताए ।
नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष समेत रहेका केसीले घर जलाउनेहरुको यस्ता अपराधिक क्रियाकलाप्रति तिब्र आक्रोश व्यक्त गर्दै यसले आफूहरु मर्माहत भएपनि विचलित नहुने प्रष्ट पारे ।
केसीले केसी निवास सबैको साझा घर भएको र जिल्लाका हरेक नागरिकले भान्सादेखि बेडरुपमसम्म पुगेर आफ्ना कुरा राख्ने थलो भएको स्मरण पनि गराए । उक्त घरबाट भए गरेका सामाजिक तथा राजनीतिक गतिविधिका विषयमा सिंगो परिवारका तर्फबाट लिखित वक्तव्य राख्दै डा. केसीले भदौं २४ गते भएको घटनाप्रति पनि विश्लेषण गरेका थिए । उनले जेनजी युवाहरुले गरेको आन्दोलनले मुलुकमा नयाँ दिशा पक्रन सफल भएकोमा बधाई समेत दिए ।
यद्यपि नेता केसीले भदौं २४ गतेको आगजनीलगायतका वयक्तगत सम्पत्तिमाथि आगजनी गर्नेहरुमाथि कारबाही हुनुपर्ने भन्दै सरकारले छानविन गर्ने विश्वास व्यक्त गरे । उनले वर्तमान सरकारलाई समर्थन रहेको भन्दै आफ्ना घर जलाउनेहरुलाई आफूहरुले विस्तारै चिन्दै जाने समेत बताएका छन् ।
अर्जुननरसिंह केसी, जगदीश्व्रनरसिंह केसी, डा. केदारनरसिंह केसी, धनन्जयनरसिंह केसीसहित केसी परिवारका सदस्य तथा उनीहरुका करिब पाँचसय शुभचिन्तकहरुको समेत सहभागिातमा भएको पत्रकार सम्मेलनमा सहभागिहरुले केसी परिवारको साझा घरमाथि भएको आगजनीप्रति खेद प्रकट गरेका थिए ।
साथै पत्रकार सम्मेलनमा नेता केसीले आफूहरुप्रति सहानुभूती प्रकट गर्न आएका पार्टीका नेता कार्यकर्ता तथा शुभचिन्तकप्रति धन्यवाद ज्ञापन समेत गरेका थिए ।
पत्रकार सम्मेलनमा कांग्रेस नेता अर्जुननरसिंह केसीले आफूलेठुलो बंगाला नबनाएको र यो घर जिल्लाका सबै नागरिककका लागि दुःख खुस साट्ने थलोको रुपमा लिएको भन्दै घर जलाएको दैख्दा आफूलार्य समेत अचम्म लागेको बताउनुभयो । स्मरणीय छ केसीको राजधानीस्थित गो.ग्बुमा रहेको घ समेत तोडफोड र आगजनी गरिएको छ ।
भदौं २४ गतेको आन्दोलनका क्रममा आन्दोलनकारीहरुले केसी निवास तोडफोड गदै आगजनी गरेका थिए । राजनीतिक रुपमा केसी परिवार समेत फाइदा लिनेहरु समेत पुगेर घर तोडफोड तथा आगजनीमा संलग्न भएको तथ्य बाहिर आइसकेको छ । सोही समूहले कांग्रेस र एमालेको पार्टी कार्यालय समेत जलाएका थिए ।
यसअघि कांग्रेसले आज नै पार्टी कार्यालयमा संविधान दिवसमा अवसरमा एक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेता केसीसहित पार्टीका केन्द्रीय सदस्य बहादुसिंह लामा लगायतका नोत कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।