
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका बेला केन्द्रीय सदस्य डा.प्रभात अधिकारीले पदबाट राजीनामा दिएका छन् ।
डा.अधिकारी रास्वपाका संस्थापक सदस्य हुन् । डा.अधिकारीले शुक्रबार केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका हुन् ।
डा.अधिकारीले पदप्रति आशक्ति नभएको व्यक्ति रहेको भन्दै रास्वपामा लागेर समृद्धि र विकास गर्न सकिन्छ भनेर जोडिएको बताएका छन् । उनले पार्टीलाई केही आरोप नगरी राजीनामा दिएका हुन् ।
रास्वपाकी पूर्व सहामहामन्त्री सुमना श्रेष्ठ र केन्द्रीय सदस्य हरि भट्टले यसअघि राजीनामा दिइसकेका छन् । उनीहरूको राजीनामा पछि डा.अधिकारीले पनि केन्द्रीय सदस्य पदबाट राजीनामा दिँदै रास्वपा परित्याग गरेका छन् ।