प्रेस स्वतन्त्रता हनन गर्न कसैले सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २१, आईतवार १२:३८

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रतालाई कुनै पनि हालतमा सङ्कुचन नगर्ने स्पष्ट पार्दै कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताएका छन्।


नेपाल पत्रकार महासङ्घले आइतबार ललितपुरमा आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता : सञ्चार कानुन र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले लोकतन्त्रको आधारस्तम्भ नै प्रेस स्वतन्त्रता भएकाले सरकार त्यसको संरक्षणमा प्रतिबद्ध रहेको बताए।


उनले सरकारले संवैधानिक हक–अधिकार नदिएको वा कार्यान्वयनमा बाधा पुगेको महसुस भए त्यसको समाधानका लागि देशभित्रै संवैधानिक तथा कानुनी व्यवस्था रहेको उल्लेख गरे। कुनै विषयमा असहमति वा जिज्ञासा भए सरकार पत्रकारसँग खुला संवाद गर्न तयार रहेको उनको भनाइ थियो।


मन्त्री तिमिल्सिनाले सरकार गैरजिम्मेवार बने त्यसबारे प्रश्न उठाउनु पत्रकारको सबैभन्दा ठूलो दायित्व भएको भन्दै जिम्मेवार र स्वतन्त्र पत्रकारिताले लोकतन्त्रलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *