
बायाँबाट दायाँतर्पmः श्री अनिल श्रेष्ठ (सञ्चालक), श्री दिपक पाण्डेय (अध्यक्ष), श्री अनिल रेग्मी (सञ्चालक), श्री राम प्रसाद श्रेष्ठ (सञ्चालक), श्री नगीमा श्रेष्ठ (स्वतन्त्र सञ्चालक), श्री महेश प्रसाद काफ्ले (स्वतन्त्र सञ्चालक), श्री माधव प्रसाद उपाध्याय (सञ्चालक), श्री निर्मल भट्टराई (प्रमुख कार्यकारी अधिकृत)
काठमाडौ । गरिमा क्यापिटलको सञ्चालक समितिको हेरफेर गरिएको छ । असार २४ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालकहरुको हेरफेर गरिएको कम्पनीका कार्यकारी अधिकृत निर्मल भट्राईले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रूपमा महेश प्रसाद काफ्ल र नगीमा श्रेष्ठ नियुक्त हुनुभएको छ भने कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा यादव कुमार श्रेष्ठज्यू रमा कान्त बराले राजीनामा स्वीकृत भएको छ ।
साथै, गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी राम प्रसाद श्रेष्ठ र श्री अनिल रेग्मी सञ्चालकको रुपमा नियुक्त हुनुभएकोराजीनामा दिई स्वीकृत भएका सञ्चालक यस संस्थाको व्यवसायिक तथा बहुआयामिक उन्नयनमा महत्वपूर्ण तथा अतुलनीय योगदान रहेकोमा उच्च मूल्याङ्कन गर्दै सम्मान व्यक्त गएिको विज्ञप्तिमा जनाइएको छ ।