
काठमाडौं । यस वर्ष मलमासका कारण हिन्दु महिलाहरुले लिँदै आएको साउने सोमबार व्रत आजदेखि नै सुरु भएको छ । पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको अनुसार सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । धार्मिक गुरुहरुका अनुसार पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको छ ।
आजबाट बत्र सुरु भएसँगै महिलाहरु शिवालयमा भीड लागेको छन् । नेपालीहरुको आस्थाका धरोहर भगवान् पशुपतिनाथको मन्दिरमा पनि आज बिहानैबाट भीड लागेको छ । साउनको सोमबार विशेष गरेर देशभरका शिवबालयहरुमा भीड लाग्ने गर्दछ । यस्तै नुवाकोटको दुप्चेश्वर मन्दिरमा पनि भक्तजनहरुको भीड लागेको छ । सोमबारको बत्त बसेको खण्डमा भग्वान शिव खुशी हुने र चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहेको