
फाइल तस्बिर
विदुर । किसानहरुलाई भलको अभाव हुन नदिने भन्दै नुवाकोट जिल्लामा प्राप्त भएको मललाई व्यवस्थित रुपमा वितरण गरिने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्र विक्रम ठकुरीको अध्यक्षतामा जिल्लाका सरोकारवाला निकायहरुको बैठकले जिल्लामा वितरण गरिने मललाई पनि व्यवस्थित रुपमा वितरण गर्नका लागि अनुगमन गर्ने लगायतका निर्णय गरिएको छ ।
बैठकले नुवाकोट जिल्लका लागि आवश्यक पर्ने मलको लागि आ. व.को प्रारम्भमा नै पहिचान गरि कृषि ज्ञान केन्द्र,सम्बन्धित पालिका, सरकार र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरि मलको परिणाम वृद्धि गर्नका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरिएको छ । यस्तै प्राप्त मलको वितरण कार्यलाई गुनासो नआउने गरी छिटो छरितो, पारदर्शी, मितव्यी र जवाफदेही बनाई वितरण कार्यलाई व्यवस्थित गर्न जिल्ला समन्वय समिति नुवाकोटलाई सिफारिस गर्ने निर्णय पनि गरिएको छ ।
यस्तै बैठकले कृषि ज्ञान केन्द्र तथा साल्ट् ट्ेडिड. कर्पोरेशन लि.ले सहकारी संस्थालाई वितरण गरेको मलको विवरण जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयलाई नियमित रुपमा जानकारी गराउने निर्णय गरिएको छ । बैठकले जिल्लाको नगरपालिका र गाउँपालिकामा प्राप्त मलको कोटा कुनै पालिकालाई आवश्यक नभएमा सम्बन्धित पालिकाको सिफारिस र आवश्यक पर्ने पालिकाको पत्र समेतको आधारमा जिल्ला समन्वय समिति , जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय,कृषि ज्ञान केन्द्र, सहकारी संस्था, मल वितरण गर्ने संस्था,कार्यालयले आवश्यक निर्णय गरी जिल्ला भित्रको समस्या समाधान गर्न सहजिकरण गर्ने उल्लेख गरिएको छ ।
यस्तै प्राप्त अनुदानको मल दुरुपयोग भए नभएको, बढी मुल्यमा बिक्री गरे, नगरेको बारेमा स्थानीय तह र स्थानीय प्रहरी चौकीले अनुगमन गर्ने र दुरुपयोग हुन नदिने र दुरुपयोग गर्ने उपर कारवाही गर्ने निर्णय पनि गरिएको छ ।

बैठकमा समन्वय प्रमुख ठकुरी, विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटी, प्रमुख जिल्ला अधिकारी किरण थापा,जिल्ला प्रहरी कार्यालयका प्रमुख रमेश पण्डित, राष्ट्यि अनुसन्धान जिल्ला कार्यालयका प्रमुख कमल बहादुर थापा, १९ नं गुल्मका प्रमुख, कृषि ज्ञान केन्द्रका प्रमुख केशव खनाल,कृषि सामाग्री कम्पनीका अनुराधा खनाल,साल्ट् टे्डिड.का प्रकाश चन्द्र उप्रेती, जिल्ला सहकारी संघका अध्यक्ष गोकर्ण पुडासैनी लगायतको उपस्थिति रहेको बैठकपछि जारी गरिएको विज्ञप्तिमा जनाइएको छ