
काठमाडौँ — एमालेनिकट अनेरास्ववियुले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाह र हामी नेपाली संस्था अध्यक्ष तथा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिने भएको छ ।
अनेरास्ववियुका महासचिव दीपक धामीले जाहेरी लिएर आजै प्रहरी परिसर काठमाडौं जान लागेको बताए । ‘लुटपाट, आगजनी, प्रहरी हत्या गरेको आरोपमा कारबाहीका लागि जाहेरी दिन लागेका हौं,’ उनले भने । सिंहदरबार लगायतका सरकारी संरचना जलाउनेमा बालेन शाहका हात रहेको भन्दै उनलाई पनि पक्राउ गर्नुपर्ने आवाज बलियो बन्दै आएको छ ।