
संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहाल
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका संसदमा आफूले बोलेको विषयमा स्पष्टिकरण दिनुभएको छ । एमालेसँगको सहमतिपछि आजबाट सुचारु भएको संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूले भावनामा आएर उक्त विषय बोलेको भन्दै त्यो आफ्नो कमजोरी भएको सहसुश आफूले गरेको बताउनुभयो ।
आफूले बोलेको विषयमा संसदलाई प्रष्टिकरण दिँदै दाहालले स्पष्टिकरण दिन खोज्दा समेत संसद अवरुद्ध हुनुको कारण नबुझेको समेत प्रश्न गर्नुभयो । उहाले आफूले बोकको कुराले पर्न गएको अन्योललप्रति दुःख व्यक्त गर्नुभयो । उहाले संसदलाई पूर्ण गतिकासथ एकतावद्ध भएर अगाडि बढाउन समेत आग्रह गर्नुभयो ।
उहाले आफूले प्रधानमनत्री भएर बोलेका विषयले केही अन्योलता थपेको भन्दे अबका दिनमा सर्तकता अपनाउने समेत प्रतिवद्धता जनाउनु भएको छ । उहाले आफ्नो छोरी बिरामी भएर सिकिस्त भएको बेलामा २०६८।६९ तिर प्रितमसिंहसँग कुराकानी भएको र उनले प्रधानमन्त्री बन्नुपर्ने कुरा राखेको विषयमा आफूले बोलेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री दाहालले सबैका आफ्ना कमीकमजोरी हुने गरेको भन्दै आफू भावनामा समेत बग्ने गरेका कारण यो अवस्था आएको उल्लेख गर्नुभयो । उहाले आफ्नो यहि व्यहोराका कारण पनि प्रचण्ड भएको दावी समेत गर्नुभयो ।
उहाले आफूलाई प्रधानमन्त्री बनाउनेहरुले नै संसद अवरुद्ध गरेको विषयमा आफूले नब्झेको कुरा उल्लेख गर्नुभयो । उहाले आफूले व्यवस्थापिका संसदमा शतप्रतिशत सदस्यको सहमतिमा प्रधानमन्त्री भएको बताउँदै आफूलाई प्रधानमन्त्री बनाउने सबै यस्ता शंकाको घेरामा रहेको समेत बताउनुभयो ।
दाहालले आफू सत्ता र प्रतिपक्षमा हुँदा समेत सहमति, सहकार्यमा जोडदिँदै आएको समेत बताउनुभयो । उहाले सत्तापक्ष भित्र पनि पटक पटक छलफल गरेको र प्रतिपक्षीलाई विश्वासको अवस्थामा लिनका लागि मुख्य प्रतिपक्षीसँग बैक बसेको समेत खुलाउनुभयो । उहाले प्रष्ट रुपमा भन्नुभयो , उहाले भ्रष्टाचारका विषयमा दोषी नछुटुन र निदोर्स नफसुन भन्ने बहेक अरु कुरा नभएको समेत बताउनुभयो ।
उहाले संसदमा रहेका विधेयकहरुलाई छिटो भन्दा छिटो पारित गर्नका लागि नै दलहरुबीच छलफल हुने गरेको बताउनुभयो । उहाले शान्ति प्रक्रियाको एउटा हस्ताक्षर कर्ता हुनुको नाताले आफूले लगातार संसदीय समिति कसरी बनाउने लगायतका विषयमा बैठक बस्ने गरेको उल्लेख गर्नुभयो ।
उहाले सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी चलिरहँदा जनताले विद्रोह गर्ने अवस्था आउने बताउनुभयो । उहाले आफू दुई पटक प्धानमनत्री भैसकेको भन्दै तेस्रो पटक प्रधानमन्त्री बन्न बाध्य भएको र त्यो केही दिनका लागि भएपनि कि हुने उल्लेख गर्नुभयो ।
उहाले जनताले व्यहोरेका हैरानीलाई समाधान गर्ने र देशको अर्थतन्त्रलाई सहि बाटोमा ल्याउने काम गर्ने विश्वास गर्नुयो । उहाले यो पटक आफू देश र जनताका लागि काम गरेरै विश्राम लिन चाहेको बताउनुभयो । उहाले मिटरुब्याजीको समस्या संयोग मात्रै भएको भन्दै ६० औ दिनमा आए आफ्नो राजीनामा मागिएको भन्दै अब प्रतिस्थापन विधेयक मार्फत पारित हुने विश्वास व्यक्त गर्नुभयो ।
यसअघि संसदमा राष्ट्यि स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिंड्.देनले संसदलाई तीन दलले बन्धक बनाउन खोजको भन्दै विरोध जनाउनु भएको थियो । उहाले सत्ता पक्ष र प्रतिपक्षका आ आफ्नै मत रहेको भन्दै लोकतन्त्रको संरक्षण र सुदृढिकरणका लागि आम जनताको समस्यालाई सम्बोधन गर्नका लागि एक ठाउँमा उभिनु पर्नेमा जोड दिनुभयो