कांग्रेस इतरपक्षकाे छुट्टै कार्यालय , ‘वैकल्पिक बाटो’ को संकेत

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २२, सोमबार १७:३४

काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्र एकताको प्रयास निष्कर्षमा पुग्न नसकेको भन्दै नेतृत्वप्रति असन्तुष्टि जनाएको छ। समूहका नेता मीनबहादुर विश्वकर्माले पार्टी विभाजन हुन नदिन अधिकतम लचकता अपनाए पनि संस्थापन पक्षबाट सकारात्मक पहल नदेखिएको आरोप लगाए।


सञ्चारकर्मीसँग कुरा गर्दै उनले पछिल्ला पाँच महिनादेखि निरन्तर संवाद र प्रयास भए पनि कुनै ठोस उपलब्धि हासिल हुन नसकेको बताए। उनका अनुसार संस्थापन पक्षले एकतालाई सार्थक बनाउने गरी पहल नगरेकाले आगामी १५औँ महाधिवेशनमा सँगै अघि बढ्ने सम्भावना कमजोर बन्दै गएको छ।


विश्वकर्माले सभापति गगन थापा र उपसभापतिको भूमिकाप्रति पनि असन्तुष्टि व्यक्त गर्दै उनीहरूकै कारण पार्टी एकता कमजोर बनेको दाबी गरे। उनले एकताको प्रयास असफल भए वैकल्पिक रणनीति अपनाउने विषयमा समेत समूहभित्र छलफल भइरहेको जानकारी दिए।


उनले संस्थापन इतर समूहले आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै सम्पर्क कार्यालय स्थापना गरिसकेको र बीपी जयन्ती मनाउने तयारी पनि अघि बढाएको बताए। उनका अनुसार अबको राजनीतिक परिस्थितिअनुसार समूहले आफ्नो आगामी रणनीति तय गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *