
विदुर । नुवाकाेटमा बजार अनुगमन तिब्र पारिएकाे छ । कोष तथा लेखा नियन्त्रण कार्यलयले बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी बेदनिधी अधिकारीकाे अध्यक्षतामा मदिरा तथा सुर्तीजन्य बस्तुहरुको दर्ता तथा बजारकाे अाज अनुगमन गरेकाे हाे ।
बजार अनुगमनका लागि कोष तथा लेखा नियन्त्रण प्रमुख भिम प्रसाद देबकोटा ,बिदुर नगर पालिकाबाट बिदुर २ का वार्ड अध्यक्ष दिपक कायस्थ ,नुवाकोट उद्योग बाणिज्य संघ बाट बरिस्ठ उपाध्यक्ष सन्तोष उप्रेती ,प्रहरी निरीक्षक पुष्प दर्लामी सहित बिदुर नगर पालिका अन्तर्गत त्रिशुली बजार ,ढुङ्गे,बिदुर ,बट्टार बजार ,हावाघर क्षेत्रमा होटल ,मदिरा ब्यबसायी,खाद्यान्न किराना ,होलसेल पसलहरुमा मदिरा तथा सुर्तीजन्य पदार्थको अन्त :शुल्क दर्ता तथा नवीकरण गर्नको लागि अनुरोध तथा जानकारी गरााइएकाे अनुगनमा सहभागि नुवाकोट उद्योग वाणिाज्य संघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले नुवाकोट पुकार डटकमलाइ जानकारी दिनुभयो ।
बजार अनुगमनलाइ निरन्तरता दिने समेत उप्रेतीले जानकारी दिनुभयाे ।