
तमू (गुरुङ) संघ नपालले शनिबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजना गरेको बागमती प्रदेश भेलालाई सम्बोधन गर्नुहुँदै पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मन्तव्य राख्दै ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस सबैको पार्टी भएको बताउनु भएको छ । आज राजधानीमा तमू (गुरुङ) संघ नेपालले आयोजना गरेको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेस समावेशी, समानुपातिक, आदिवासी, जनजाति, सबैको पार्टी भएको उल्लेख गर्नुभयो ।
उहाँले नेपाली कांग्रेस आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम,महिला सबैको देश भएको उल्लेख गर्नुभयो । सभापति देउवाले नेपाली कांग्रेसमा सबै जनताको सहभागिता आवश्यक रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘यो देश सबैको देश हो, आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश हो । उहाले नेपाली कांग्रेसमा सबैलाई समेटेर अघि बढ्ने पनि बताउनुभयो उहाले सबैलाई सँगै र साथमा लिएर हिँड्न कांग्रेस तयार रहेको भन्दै लोकतन्त्र र विकासका लागि कांग्रेस सँधै जनताको पक्षमा रहेको बताउनुभयो ।
कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले पूराना दलहरुले लोकतन्त्रका लागि धेरै त्याग र बलिदानी गरेको स्मरण गराउँदै नयाँ भनेको पार्टीहरुले देश र परिस्थिति अनुसार स्थापित हुन नसक्ने दावी समेत गर्नुभएको थियो ।