
बसको साँचो लिएर दुतावासमा आयोजित कार्यक्रममा तस्बिर खिचाउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन्द्रमान प्रधान र विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र दवाडी ः तस्बिर राजेन्द्र दवाडी
विदुर । भारतीय दुतावासले नुवाकोट जिल्लाको पुरानो विद्यालय त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयलाई एउटा बस प्रदान गरेको छ । दुतावासले नेपाल भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत आज विद्यालयलाई बस हस्तान्तरण गरेको छ । विद्यालयको प्राप्त गरेको बसको साँचो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नपवनमान प्रधान र विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र दवाडीले बुझ्नु भएको छ ।
भारत सरकारले नुवाकोटको किस्पाड. गाउँपालिकाको साल्मे स्वास्थ्य चौकीलार्ई एम्बुलेन्स र त्रिभुवन त्रिशुली माविलार्य बस प्रदान गरेको छ । भारत सरकारले यस वर्ष विभिन्न जिल्लाका लागि ३४ वटा एम्बुलेन्स र ५० वटा स्कूल बस आज एक समारोह बीच हस्तान्तरण गरेको छ भारतले हरेक वर्ष भारतीय स्वतन्त्रता दिवसका अवसरमा नेपाललाई सहयोग गर्दै आएको छ ।
