
नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्न आज पदाधिकारी बैठक बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा दिउँसो २ बजे बस्ने बैठकमा केन्द्रीय समिति बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गरिने सभापति देउवाको सचिवालयले जनाएको छ ।
छलफलका लागि सभापति देउवाले छलफलका लागि पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई बोलाएको उहाँको सचिवालयले जनाएको छ । आजको बैठकले एजेण्डाका लागि महामन्त्रीलाई जिम्मेवारी दिने र भोली महामनत्रीहरुलेलेल एजेण्डासहित सभापतिलाई जानकारी गराउने तयारी समेत भएको बताइएको छ ।
भोली अपराह्रन १ बजे पार्टी कार्यालयमा बैठक बस्ने छ । बैठकमा विगत एक वर्षदेखिका सबै विषयमा छलफल हुने नेताहरुले बताएका छन् । बैठकले पार्टीको नीतिको मिति तोक्नेदेखि पार्टीका विभाग, भातृ संस्थालाई पूर्णता दिने समेत तयारी गरिएको छ ।