गणेश नेपालीको मृत्युप्रति यातायात व्यवसायी महासंघको दुःख व्यक्त, सरकारसँग क्षतिपूर्ति र नीतिगत सुधारको माग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २६, शुक्रबार १७:०२

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।


महासंघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक यातायात क्षेत्रमा पर्याप्त अध्ययन र सरोकारवालासँग छलफल नगरी कानुन, ऐन, नियमावली तथा जरिवानासम्बन्धी व्यवस्था परिवर्तन गरिनु उचित नभएको जनाएको छ। परिवर्तनका नाममा यातायात व्यवसायी, मजदुर, स्वरोजगार व्यवसायी तथा कर्मचारीलाई अन्याय हुने गरी निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराएको छ।


विज्ञप्तिमा जरिवाना वृद्धिलगायतका नीतिगत विषयले असन्तुष्टि बढिरहेका बेला गणेश नेपालीले आत्मदाहको प्रयास गरी ज्यान गुमाउनुपरेको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।


महासंघले गणेश नेपालीको परिवारलाई उचित क्षतिपूर्ति र न्याय सुनिश्चित गर्न सरकारसँग माग गर्दै यस्ता दुःखद घटना दोहोरिन नदिन सार्वजनिक यातायात क्षेत्रका समस्या समाधानका लागि सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *