बिदुर नगरपालिकाले सार्वजनिक गर्‍यो खर्च विवरण, ७५ प्रतिशत बजेट कार्यान्वयन

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २६, शुक्रबार २१:२५

नुवाकोट । बिदुर नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट कार्यान्वयनअन्तर्गत भएको खर्च विवरण सार्वजनिक गरेको छ।


नगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार चालु आर्थिक वर्षमा स्वीकृत कुल १ अर्ब १७ करोड २ लाख ६३ हजार ४४७ रुपैयाँ बजेटमध्ये ८७ करोड ५५ लाख २२ हजार ४१५ रुपैयाँ खर्च भएको छ, जुन कुल बजेटको ७५ प्रतिशत हो।


खर्च विवरणअनुसार चालुतर्फ ७३ करोड ३८ लाख २९ हजार रुपैयाँ विनियोजन गरिएकोमा ६२ करोड ४४ लाख ६१ हजार १३ रुपैयाँ खर्च भई ८५ प्रतिशत प्रगति हासिल भएको छ। यस्तै, पुँजीगततर्फ ४३ करोड ६४ लाख ३७ हजार ४४७ रुपैयाँ विनियोजनमध्ये २५ करोड १० लाख ६१ हजार ४०२ रुपैयाँ खर्च भएको छ, जुन ५८ प्रतिशत हो।


नगरपालिकाले बजेट तथा कार्यक्रम कार्यान्वयनमा सहयोग पुर्‍याउने उपभोक्ता समिति, निर्माण व्यवसायी, सरकारी निकाय, सञ्चारकर्मी, नागरिक समाज तथा सम्पूर्ण नगरवासीप्रति धन्यवाद व्यक्त गर्दै आगामी आर्थिक वर्षमा अझ प्रभावकारी रूपमा योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *