काठमाडौंमा अर्का एक जनाले गरे आत्मदाह प्रयास

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २७, शनिबार ०९:१६

काठमाडौं । काठमाडौंको बुद्धनगरमा डेरा गरेर बस्ने एक जनाले आत्मदाहको प्रयास गरेका छन् ।

बिहान ६ बजेर २० जाँदा आफ्नै कोठामा ४५ वर्षका अस्विन राउतले आत्मदाहको प्रयास गरेको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिनुभयाे ।

उहाँका अनुसार उहाँले आत्मदाहको प्रयास गरेको खबर पाएलगत्तै प्रहरीले उद्धार गरेर अस्पताल पठाएको थियो ।

घरायसी विवादका कारण उनले आत्मदाहको प्रयास गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी भट्टराईले जानकारी दिए । उनलाई उपचारका लागि वीर अस्पताल पुर्‍याइएको छ । यसअघि काठमाडौंकै त्रिपुरेश्वरमा गणेश नेपालीले आत्मदाह प्रयास गरेका थिए । उपचारकै क्रममा उनको निधन भएको छ भने सर्लाहीमा आत्मदाहको प्रयास गरेका अर्का एक पुरुषको कीर्तिपुरमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *