त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई मोहन बस्नेतले गरे एक लाख सहयोग, लिए छोरीलाई पढाउने जिम्मा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २८, आईतवार १५:१०

२८ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले आत्मदाह गरेर ज्यान गुमाएका गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् । उनले गणेशकी आमालाई भेटेर आइतबार एक लाख आर्थिक सहयोग रकम उपलब्ध गराएका हुन् । बस्नेतले गणेश नेपालीकी छोरी प्रतिमालाई स्नातक तहसम्म पढाई दिने घोषणा पनि गरेका छन् ।

‘जसको मृत्यु भएको छ, उहाँको पोस्टिक आहार खान र घर वयहार मिलाउनका लागि एक लाख रुपैयाँ म तरुन्त व्यवस्था गरेको छु । बस्नेतले उक्त रकम गणेशकी आमालाई हस्तान्तरण गरेका थिए । सो क्रममा नै बस्नेतले गणेशकी छोरीलाई स्नातकसम्म पढाउनका लागि आवश्यक पर्ने सबै गर्ने पनि वाचा गरेका छन् ।

गतबिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागनजिकै आत्मदाहको प्रयास गर्दा गम्भीर घाइते भएका गणेशको उपचारका क्रममा शुक्रबार निधन भएको थियो । कांग्रेस मुगु जिल्ला सभापति ऐनबहादुर शाहीसहितको उपस्थितिमा बस्नेतले उनको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *