सञ्चारमाध्यमको गेटमा गाडी राख्नेमाथि कारबाही गर्न पत्रकार महासंघको माग 

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २९, सोमबार १७:०२

काठमाडौं । सञ्चारमाध्यमको गेटमा शंकास्पद रूपमा गाडी पार्किङ गरेको घटनाको छानबिन गरी कारबाही गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ। सो कार्यले सञ्चारमाध्यममा आतंक सिर्जना भएको महासंघको ठहर छ। 

सोमबार कान्तिपुर, अनलाइनखबर, हिमालयन टिभीको कार्यालयअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको थियो। सो घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै महासंघले सञ्चारमाध्यमको सुरक्षामा जोड दिन माग गरेको छ। 

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महासंघ सञ्चारमाध्यम र अधिकार उपभोगमा अवरोध पुर्‍याउने यो निन्दनीय र रहस्यमय घटनाको तत्काल छानबिन गर्न र दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।’ 

गेटमा राखिएका गाडी हटाएर प्रहरीले छानबिन अघि बढाएको छ। उता सोमबार बिहान कान्तिपुर पब्लिकेसन्सको गेटमा शंकास्पद रुपमा छाडिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपाका नेता रवि जयसवालले चढ्ने गरेको खुलेको छ ।

उक्त गाडी भर्खरै जयसवालले ज्योति कन्सर्नको नाममा बुकिङ गरेको तर बिक्रेता एसटी मोटर्सको नामबाट नामसारी नभइसकेको भेटिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *