बेलकोटगढी नगरपालिकाको आर्थिक प्रगति सार्वजनिक, कुल बजेटको ७१.६१ प्रतिशत खर्च

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २९, सोमबार १९:४१

नुवाकोट । बेलकोटगढी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक बजेट तथा विकास कार्यक्रमको खर्च विवरण सार्वजनिक गरेको छ। नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजित कुल बजेटमध्ये ७१.६१ प्रतिशत रकम खर्च गरेको जनाएको हो।


सार्वजनिक गरिएको विवरणअनुसार नगरपालिकाले कुल रु. १ अर्ब १ करोड ६४ लाख ०० हजार ७३८ रुपैयाँ बजेट विनियोजन गरेको थियो। त्यसमध्ये आर्थिक वर्षको अन्त्यसम्म रु. ७२ करोड ७८ लाख ५२ हजार २९६ रुपैयाँ खर्च भएको छ।


खर्च विवरणअनुसार चालुतर्फ रु. ६२ करोड ८० लाख २७ हजार ३५९ रुपैयाँ विनियोजन गरिएकोमा रु. ५० करोड ८९ लाख ७६ हजार ९०४ रुपैयाँ अर्थात् ८१.०४ प्रतिशत खर्च भएको छ।
त्यस्तै पुँजीगततर्फ रु. ३८ करोड ८३ लाख ६२ हजार ३१७ रुपैयाँ विनियोजन गरिएकोमा रु. २१ करोड ८८ लाख ७६ हजार ३५९ रुपैयाँ अर्थात् ५६.३४ प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ।


प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा नगरपालिकाले सार्वजनिक सूचनामार्फत चालु आर्थिक वर्षको बजेट तथा विकास कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गर्न सहयोग गर्ने जनप्रतिनिधि, उपभोक्ता समिति, निर्माण व्यवसायी, सरोकारवाला संघ–संस्था, कर्मचारी तथा सम्पूर्ण नगरवासीप्रति आभार व्यक्त गरेको छ। आगामी दिनमा पनि बेलकोटगढीलाई समृद्ध बनाउने अभियानमा सबै पक्षको निरन्तर सहयोग, समन्वय र सहकार्य रहने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *