विवेक मण्डलको सन्तानको शिक्षाको जिम्मेवारीमा साथ दिने कांग्रेस सभापति थापाको प्रतिबद्धता

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार ३०, मंगलवार ११:०९

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३५ वर्षीय विवेक मण्डलको आत्मदाहको प्रयासपछि उपचारका क्रममा आज बिहान २:४० बजे भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।


सभापति थापाले सामाजिक सञ्जालमार्फत स्वर्गीय विवेक मण्डलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको हो। उहाँले यस अपूरणीय क्षतिको पीडा सहन परिवारलाई धैर्य र शक्ति प्राप्त होस् भन्ने कामना पनि गर्नुभएको छ।


थापाले यस कठिन घडीमा आफू शोकसन्तप्त परिवारको साथमा रहेको उल्लेख गर्दै स्वर्गीय विवेक मण्डलका सन्तानहरूको शिक्षा–दीक्षामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता परिवारलाई जानकारी गराइसकेको बताउनुभएको छ।


सभापति थापाको यो प्रतिबद्धताप्रति सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया समेत देखिएको छ।पछिल्लोपटक एक सातामा तीन जनाले आत्मदाह गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *