
केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै नोत कृष्ण सिटौला
काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य कृष्ण सिटौलाले केन्द्रीय समितिको बैठकमा उत्कृष्ट विचार राख्नु भएको छ । आज छैटौं दिन केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै नेता सिटौलाले कांग्रेसले जनताका दैनिक सरोकारका विषयमा पार्टीको स्पष्ट खाका प्रस्तुत गर्नुपर्ने बताउनु भयो ।
उहाले पार्टीका महामन्त्री गगन थापाले केन्द्रीय समितिको बैठकमा ारख्नु भएको पार्टीको कार्यक्रमका विषयमा आफ्नो कुनै प्रतिक्रिया नरहेको भन्दै उहाले पार्टीलाई एक बनाएर लैजान सके मात्रै त्यसको औचित्य रहने बताउनु भयो । उहाले नेपाली कांग्रेस लोकतन्त्रको महिसा भएको भन्दै उहाले कांग्रेसले लोकतन्त्रलाई अझ संस्थागत विकास गर्नका लागि पनि स्पष्ट हुनुपर्ने धारणा राख्नुभएको छ ।
उहाले आम नेपाली जनताको दैनिक सरोकारका विषयमा पनि कांग्रेसले आफ्नो स्पष्ट ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाले किसानले मल नपाएको, व्यापारीले बैंकमा ब्याज तिर्नुपरिरहेको , भ्रष्टाचार नियन्त्रणका उपायबारे पनि पार्टीको स्पष्ट धारणा बनाउनुपर्नेमा जोड दिनुभयो । सिटौलाले व्यक्त गर्नु भएको भनाईलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले गम्भीरतासाथ लिएका थिए । केन्द्रीय सदस्यहरुबीच आरोप प्रत्यारोप चलिररहेका बेला सिटौलाको विचारले भने कांग्रेसले केही नयाँ संकल्प ल्याउने आशा पलाएको छ ।