एनआईएमबीका सीईओ ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका सीईओ दीपप्रकाश पाण्डेलाई मातृशोक

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार ३१, बुधबार १३:३१

काठमाडौं, ३१ असार । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।


उहाँहरूकी आमा इन्दिरा पाण्डेको मंगलबार बिहान ९१ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित पाण्डे काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत हुनुहुन्थ्यो। उपचारकै क्रममा उहाँको निधन भएको हो।


स्वर्गीय पाण्डेको निधनप्रति बैंकिङ, बीमा तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले दुःख व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *